कोरोना संक्रमितको संख्या ३७७ पुग्यो !

२०७७ जेष्ठ ६ गते, मंगलवार


काठमाडाैँ, ६ जेठ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ का एक जना १८ वर्षका पुरूष र सुनसरीकाे दक्षिणी भारतीय सिमावर्ती क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७७ पुगेको छ भने मृत्यु हुनेको संख्या २ रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु