कोरोना संक्रमितको संख्या ४५३ पुग्यो !
काठमाडौं, ८ जेठ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले आज झापा र रुपन्देहीमा थप ९ जनामा कोरोना भाइरसको संक्रमित थपिएको जानकारी दिएका छन् । उनीहरू सबै क्वारेन्टिनमा बसेका हुन् । संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ।
आज काठमाडौंको टेकु अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमित निको भएर घर गएका छन् । निको हुनेको संख्या ४९ पुगेको छ ।