कोरोना संक्रमितको संख्या ५ सय ७ पुग्यो
काठमाडौं, ९ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा १४ जना बाँकेका, ३ जना कैलालीका, १ जना डडेल्धुरा, १ जना बैतडीका र १ जना मोरङका छ्न । उनीहरु सबै पुरुष भएको बताइएको छ । यस्तै निको हुनेको संख्या ७० पुगेको छ ।