कोरोना संक्रमितको संख्या ५८४ पुग्यो !

२०७७ जेष्ठ १० गते, शनिबार


काठमाडौं, १० जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले थपिएका संक्रमितहरुमा बैतडी शिवनाथ गाउँपालिकाका २० बर्षका दुई जना, २२ र २७ बर्षका १÷१ जना गरी चार जना रहेको जानकारी दिए । यस्तै बाँकेका नरैनापुरका २७ जना पुरुष छन् झापाको झापा गाउँपालिकाका १ जना , र सुर्खेतमा ३ जना रहेका छन् । बाँकेका संक्रमित सबै पुरुष हुन भने उनीहरुको उमेर १५ देखि ५० बर्षसम्म रहेको छ भने झापाका पुरुष ३३ बर्षीय हन् । यस्तै सुर्खेतमा भेटिएका एक महिला र दुई संक्रमित पुरुषको बारेमा भने विवरण खुल्न बाँकी रहेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु