नयाँबानेश्वरका तीन घर ‘सिल’
काठमाडौं, ११ जेठ । नयाँबानेश्वरस्थित तिन घर ‘सिल’ गरिएकाे छ । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण देखिएपछि ति प्रहरीले डेरा गरी बस्दै आएकाे काठमाडौँ महानगरपालिका वडा नं १० मा पर्ने नयाँबानेश्वरका तीन घर सिल गरिएको हाे । संक्रमितकाे कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरू नयाँबानेश्वरकाे भरोसा अस्पताल पछाडि रहेका घरमा बस्दै आएकाे खुलेकाे हाे । त्यसलगत्तै साे आसपासका तीनवटा घर सिल गरिएकाे जनाइएकाे छ । हाल ती घरमा रहेका अन्यकाे पनि ट्रेसिङ भइरहेकाे र केही दिनमै उनीहरूकाे स्वाब संकलन गरी परीक्षण गरिने जनाइएकाे छ ।