कोरोना संक्रमितको संख्या १४६४ पुग्यो !

२०७७ जेष्ठ १८ गते, आईतवार


काठमाडाैँ, १८ जेठ । आज दैलेखका १७ जना र कालिकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजिटिभ आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसंगै देशभर कोरोना संक्रमितको संख्या १ हजार ४ सय ६४ पुगेको छ । शनिबार मात्र २ सय ३४ जनामा संक्रमण पुष्टि भएको थियो । २ सय १९ जनाले कोरोनालाई जितेका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोक, बाँके, गुल्मी, बारा, ललितपुर, अर्घाखाँची र दैलेखका एक एक जना गरी ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार