अनुमति बिना गुडेका सवारी–साधन नियन्त्रणमा
काठमाडौं, २१ जेठ । महानगरीय ट्राफिक महाशाखाले ‘लकडाउन’को उल्लंघन गर्दै काठमाडौंका विभिन्न स्थानमा बिनाअनुमति गुडेका सवारी–साधन नियन्त्रणमा लिएर कारबाही गरेको छ । अत्यधिकरूपमा पासबिना सवारी–साधनहरु गुड्न थालेपछि प्रहरीले कडाइ गरेको हो ।
यसैक्रममा काठमाडौंका विभिन्न क्षेत्रबाट बुधबार बिहानमात्रै एक हजार ३०० भन्दा बढी सवारी–साधन नियन्त्रणमा लिइएको छ ।
यसैबीच , महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकालले लकडाउन जारी रहेका बेला अत्यधिक सवारी–साधन गुड्न थालेकोले चेकजाँचमा कडाइ गरिएको बताएका छन ।