कोरोना संक्रमितको संख्या ३४४८ पुग्यो !

२०७७ जेष्ठ २५ गते, आईतवार


काठमाडौं, २५ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । पछिल्लो २४ घण्टामा २१३ जना थपिएसँगै कूल संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । सो मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितमध्ये अधिकांश क्वारेन्टिनमा बसेकाहरू रहेको जानकारी दिए । संक्रमित मध्ये १३ जनाले ज्यान गुमाएका भने ४६७ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालका ७७ मध्ये ७१ जिल्लामा कोरोनाका संक्रमित भेटिएका छन् । आइतबारसम्म ९६ हजार २ सय ५ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभरका क्वारेन्टिनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार