नेपाल भारत सीमामा झडप, १ जनाको मृत्यु

२०७७ जेष्ठ ३० गते, शुक्रबार

काठमाडौँ, ३० जेठ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । झडपमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । घटनामा तीन जना सशस्त्र प्रहरी र भारतीय पक्षका दुई जना घाइते भएका छन् । प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीबेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ । त्यसक्रममा १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार