नेकपाद्वारा बज्रगुरु कान्छाराम कन्ट्रक्सनको दुष्प्रचारप्रति आपत्ति

२०७७ जेष्ठ ३१ गते, शनिबार

काठमाडौं, ३१ जेठ । नेपाल कम्युनिस्ट पार्टी दाङले बज्रगुरु कान्छाराम कन्ट्रक्सनका सञ्चालक बलबहादुर चापागाईंले दाङ देउखुरीस्थित राप्ती एफएममा आफ्नो पार्टीलाई लेनदेनको विषयसँग जोडेर अनर्गल प्रचार गरेको भन्दै उक्त विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका जिल्ला इन्चार्ज रतन र सेक्रेटरी भगवानराजले विज्ञप्ति प्रकाशित गरी निज व्यक्तिसँग कुनै कुरा नगर्ने र आर्थिक लेनदेनको कुनै सन्दर्भ नभएको सन्दर्भमा निज चापागाईंले नेकपाका कार्यकर्ताले पच्चीस लाख रकम माग गरेको र नदिएकाले आफ्नो गाडीमा आगजनी गरिएको भनी सञ्चारमाध्यममा प्रचार गरेको कुरा सफेद झूट भएको अवगत गराएका छन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यही जेठ २७ गते बज्रगुरु कान्छाराम कन्ट्रक्सनका सञ्चालक बलबहादुर चापागाईंले दाङ देउखुरीस्थित राप्ती एफएममा हाम्रो पार्टीसँग जोडेर गरेको अनर्गल प्रचारप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । निज व्यक्तिसँग कुनै कुरा नगर्ने र आर्थिक लेनदेनको कुनै सन्दर्भ नभएको सन्दर्भमा निज चापागाईंले नेकपाका कार्यकर्ताले रु.२५,००००० (पच्चीस लाख) रकम माग गरेको र नदिएकाले आफ्नो गाडीमा आगजनी गरिएको भनी सञ्चारमाध्यममा प्रचार गरेको कुरा सफेद झूट भएको बेहोरा अवगत गराउँछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘बरु तथ्य कुरा के हो भने हुलाकी राजमार्ग निर्माणका लागि परिचालन गरिएका ती भौतिक सामग्रीहरू किन राप्ती नदीमा नदीजन्य पदार्थ उत्खननका लागि प्रयोग गरियो ? पुरानो संसदीय व्यवस्था र त्यसद्वारा निर्देशित सरकारले तय गरेको कार्यविधिसमेत उल्लङ्घन गर्ने, जनताको व्यापक विरोधका बाबजुद किन ती सामग्रीहरू नदीबाट हटाइएन ? यसप्रकारको अवैधानिक कार्यमा जिल्लाभित्र सम्पूर्ण खोलानालाहरूमा ककसको संलग्नता छ भन्नेबारेमा हाम्रो पार्टीसँग विभिन्न जानकारी र प्रमाण रहेको समेत जानकारी गराउँदै आगामी दिनहरूमा राज्यको सम्पत्ति दोहन गर्ने, किसानको कुलो सिँचाइ, नहर र बाँध भत्काउने जोकोहीलाई सशक्त कारबाही गरिने यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

धरान–धनकुटा सडक अवरुद्ध

२०८२ जेष्ठ १८ गते, शनिबार

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार