नेकपा दैलेखद्वारा जनताको स्वास्थ्यमा खेलवाड नगर्न चेतावनी
काठमाडौँ , ३२ जेठ । नेपाल कम्युनिस्ट पार्टीले कोरोना नियन्त्रणमा केन्द्र, प्रदेश र स्थानीय सरकारलाई गम्भीर हुन र जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारकाे ध्यानाकर्षण गराएको छ । सो पार्टीका दैलेखका इन्चार्ज दिपेन्द्रले अाइतबार एक प्रेस विज्ञप्ति जारी गरी क्यारेन्टानमा बस्नेहरुकाे राम्रो व्यवस्थापन नभएको, समयमा पिसिअार रिपोर्ट नअाएकाे, अारडिटी परिक्षण मात्र गरेर घर पठाउनुले जिल्लाका कोरोना समुदाय स्तरमा पुगेको र कोरोना सँक्रमितको संख्या बढ्दै गएकाे भन्दै यसलाई गम्भीर रूपमा लिई समाधानतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
विज्ञप्तिमा लेखिएको छ -‘क्यारेन्टानमा खाना, सुताई, पानी र शौचालयको राम्रो ब्यवस्थापन नभएको भनेर सरकार विरुद्ध आन्दोलन गरिरहेका छन् । नारायण नगरपालिकाको आईसोलेशनमा बसेका संक्रमितहरुले महिना दिन पुग्दा पनि पिसिआर रिपोर्ट नआएकाले असन्तुष्टिको रुपमा आन्दोलन गरेका छन् । सँक्रमितमाथि प्रहरीले लाठी चार्ज गर्दा ४ जना संक्रमित युबाहरु घाईते भएको समाचार आएको छ । सँक्रमित युवाहरुको कुरा सुनेर समस्या समाधान गर्नुको सट्टा घाईते हुने गरी दमन गर्नुले राज्यको फासीवादी चरित्र पुस्टि भएको छ ।’
आरडिटि चेक गरेका मानिसहरुलाई घर पठाईसकेपछि कोरोना समुदाय स्तरमा पुगेको र कोरोना सँक्रमितको सख्या बढ्दै गएपछि दैलेखका नारायण नगरपालिका र दुल्लु नगरपालिकामा त कर्फ्यु आदेश जारी गरिएको छ ।
दैलेख र देशैभरि कोरोना सँक्रमण बढ्दै जानुमा अहिलेकाे सँसदीय व्यवस्था जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ । दैलेखमा अाजसम्म ५०२ जना संक्रमित भएका छन् । एक जनाको मृत्यु भईसकेको छ । कोरोना भाईरसको प्रकोप दिनप्रतिदिन बढ्दै गएकाले नागरिकहरु रोग र भोकले मरिने त्रासमा रहेको भन्दै काेराेना संक्रमितको जिवन बिमा र मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।
आरडिटीबाट होईन पिसिआरबाट स्वाँव परिक्षण गर्ने व्यवस्था मिलाउन, किटको प्रयाप्त व्यवस्था गर्न क्यारेन्टाईनहरुलाई ब्यवस्थित गराउन, सँक्रमितको छिटोछरितो उपचारको व्यवस्था गर्न र कोरोनाको राहतको नाममा भएको खर्च विवरण सार्वजनिक गर्न दैलेखका सबै स्थानिय तहका नेतृत्वहरुलाई नेकपाले अनुरोध गरेको छ ।
कोरोना माहामारीको बिचमा पनि भ्रस्टाचार, कालाबजारी र महङ्गी बढेको जस्ता स्थानीय सरकारका गतिबिधिहरुको बारेमा पार्टीमा जनताका गुनासोहरु अाइरहेकाेले पार्टीले सत्य कुरा छानविन गरी कार्बाही गरिने विज्ञप्तिमा जानकारी गराइएकाे छ ।
जिल्लामा कोरोना माहामारी विरुद्धको युद्धमा अग्र मोर्चामा लड्नुहुने स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु, ईमान्दार जनप्रतिनिधिहरु, पार्टीका नेता तथा कार्यकर्ताहरु, उद्योगीहरु र पत्रकार मित्रहरुलाई पार्टीको तर्फबाट बिशेष धन्यबाद दिइएको छ । विज्ञप्तिमा भनिएको छ -‘दैलेखवासी सम्पुर्ण क्यारेन्टाइनमा बस्नु भएका दाजुभाई तथा दिदिबहिनीहरुलाई तपाईहरुको पक्षमा हाम्रो पार्टीले संघर्ष गरिरहेको जानकारी गराउँदछौ र कोरोना सँक्रमित दाजुभाई तथा दिदिबहिनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ, जनसमुदायहरुलाई संकतलाई अवसरको रुपमा उपयोग गर्न र समाजमा कोरोना फैलिन नदिन सचेत रहन अपिल गर्दछौं ।’