कोरोना संक्रमितको सख्या ७ , ८४८ पुग्यो
काठमाण्डौं , ४ असार । आज काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएसंगै आज देशभर २४ घण्टामा ६ सय ७१ जना संक्रमित थपिएका छन् । यो सगैँ देशभर ७ हजार ८ सय ४८ पुगेको छ । यति धेरै संख्यामा एकै दिन संक्रमित भएको यो पहिलो पटक हो ।
देशभरका २२ वटा प्रयोगशालामा भएका परीक्षणहरुबाट ती संक्रमितहरु भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
कोरोनाबाट हाल सम्म २२ जनाको मृत्यु भईसकेको छ भने १२ सय बढी डिस्चार्ज भएका छन् ।