पहिरोले अरुण नदी थुनियो !

२०७७ असार ७ गते, आईतवार

काठमाडौं , ७ असार । संखुवासभा मकालु गाउंपालिकाको २ र ५ नम्बर वडाको सिमानामा आज बिहान करिव ६ सय मिटर माथीबाट खसेको पहिरोले अरुण नदी थुनिएर ताल बनेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभा प्रहरी नायव उपरीक्षक नवराज मल्लले पहिरोले अरुण नदी थुनिएको र पानी जमेर करिब ३ सय मिटरको ड्याम बनेको बताए । उनले ड्याममाथिबाट पानी बग्न भने थालिसकेको जानकारी दिए । पहिरोले मकालु गाउपालिका–२ का दुई घर परिवार विस्थापित पनि भएका छन । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । संखुवासभामा एक सातादेखि लगातार पानी परिरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कालीगण्डकी करिडोर अवरुद्ध

२०८२ श्रावण ८ गते, बुधबार

देशभर ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

२०८२ श्रावण ७ गते, मंगलवार

सेयर काराेबारी अग्रवाल पक्राउ

२०८२ श्रावण ६ गते, सोमबार