कोरोना संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो !
काठमाडौं , १० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज र थप ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । कोरोनाबाट हाल सम्म २४ जनाको मृत्यु भईसकेको छ भने २३ सय ३८ जना डिस्चार्ज भएका छन् । जस मध्य आज मात्रै एक सय १४ जना निको भएका हुन् ।