नेपालको जनसंख्या ३ करोड नाघ्याे !

२०७७ असार १२ गते, शुक्रबार

काठमाडौँ, १२ असार । केन्द्रीय तथ्यांक विभागकाे जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको छ । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । विश्वमै जनसंख्या घडीकाे प्रचलन रहेकाे पाइन्छ । जन्म, मृत्युदर तथा बसाइँसराइँकाे स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ । अन्तर्राष्ट्रिय यिनै मापनका आधारमा तय गरिएकाे नेपालकाे जनसंख्या घडीले नेपालकाे जनसंख्या आजबाट तीन करोड नाघेको देखाएकाे हाे ।
विभाग स्राेतका अनुसार मध्यजनसंख्या सिद्धान्तकाे अाधारमा हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गरिन्छ । नेपालमा पछिल्लाे समय जन्मदर घट्दो क्रममा रहे पनि आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ ।
नेपालमा पहिलाेपटक विसं १९६८ सालमा जनगणना सुरू भएकाे थियाे । त्यसयता प्रत्येक १० वर्षकाे अवधिमा राष्ट्रिय जनगणना हुँदै आएको छ । अर्काे राष्ट्रिय जनगणना आउँदो साल २०७८ मा सम्पन्न गर्ने विभागकाे याेजना रहेकाे छ । विभागले हरेक जनगणनाकाे बाह्रौं श्रृंखला २०७८ सालकाे जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने जनाएकाे छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

२०८२ जेष्ठ १५ गते, बुधबार