कालीकोटमा एमसीसीविरुद्ध प्रदर्शन : अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय स्वाधीनताको लडाइँ लड्ने उदघोष

२०७७ असार १४ गते, आईतवार

काठमाडौँ , १४ असार । नेपाल कम्युनिस्ट पार्टी कालीकोटले एमसीसी सम्झौता र अमेरिकी सैन्य हस्तक्षेपका विरुद्ध शनिबार जिल्लाका विभिन्न ठाउँमा जनप्रदर्शन गरेको छ । कालीकोटका सबै एरियाहरूमा भव्य जनप्रदर्शन सम्पन्न गरिएको नेकपा कालीकोटले जनाएको छ । कालीकोट पचालझरनामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदीपले राष्ट्रघाती एमसीसी सम्झौता खारेज नगरे र अमेरिकी सैन्य हस्तक्षेप नरोके आमजनता, पार्टी पङ्क्तिले सेना भएर अमेरिकी साम्राज्यवादका विरुद्ध राष्ट्रिय स्वाधीनताको लडाइँ लड्ने बताए ।
विश्वभरि जहाँ एमसीसी लागू भएको छ त्यो देश पराधीन बनेको भन्दै रणदीपले विकास र समृद्धिको नाउँमा डलर पचाउन एमसीसी पास गराए दलालहरूलाई गाउँ प्रबेश गर्न नदिने चेतावनी दिए । राष्ट्रिय स्वाधीनताका पक्षमा लड्ने सबै पार्टी एक ठाउँमा उभिएर दलाललाई ठीक पार्नुपर्ने रणदीपले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

२०८२ जेष्ठ १५ गते, बुधबार