वडा अध्यक्ष डाँगीलाई सामाजिक कारबाही !

२०७७ असार १६ गते, मंगलवार


काठमाडौँ , १६ असार । नेपाल कम्युनिष्ट पार्टीले दाङ्ग शान्तिनगर गाउँ पालिका वडा नं २ वडा का वडा अध्यक्ष फर्साराम डाँगीलाई जनताको अनुरोधमा सामाजिक कारबाही गरिएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टी दाङ्ग शान्तिनगर गाउँपालिकाका कमिटी सेक्रेटरी कमल सिंहले आज एक बिज्ञप्ती जारी गर्दै वडा अध्यक्ष फर्साराम डाँगीलाई जनताको अनुरोधमा सामाजिक कारबाही गरिएको बताएक छन ।
यस बिषयमा सेक्रेटरी सिंहले जारी गरेको बिज्ञप्ती यस परका रहेको छ – “हाम्रो महान तथा जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी बिगत देखिनै राष्ट्रियता, जनतन्त्र, जनजिबिका को पक्षमा बिभिन्न खालका संघर्ष गर्दै, भ्रटचारी,देशद्रोही जस्ता जननाका दुस्मनहरु प्रती धावाबोल्दै आइराखेको कुरो सबैको सामु छर्लङ्ग छ । यसै सन्दर्भमा शान्तिनगर गाउँ पालिका वडा नं २ वडा का वडा अध्यक्ष,भ्रस्टचारी, कमिसनखोर,जुवाडे, गुन्डा नाईके फर्साराम डाँगी ले तल उल्लेखित जनबिरोधी क्रियाकलाप गरेकाले चेतावनी स्वरुप जनताको अनुरोधमा सामाजिक कारबाही गरिएको कुरा जानकारी गराउदछौं ।
फर्साराम डाँगी लाई कारबाही किन ??
१- गुन्डागर्दी शैलिमा वडा अध्यक्ष भयदेखीहालसम्म दर्जन भन्दा बढी सर्वसाधारणलाई कुटपिट गरेको निबेदन जनअदालत मा आएको ।
२- कुटपिट गरेका मुद्दाहरु पिडितलाई डरधम्की दिदै जनप्रतिनिधि को कभरमा प्रहरी प्रशासनलाई समेत प्रभावमा पारि गुपचुप राखेको ।
३- वडा भित्र को बिकासे बजेटहरू मा आफ्ना मान्छे लाई जिम्मा दिने कमिसन खाने ,जनतासंग बिभिन्न बाहना मा कमिसन माग्ने गरेको।
४- वडा अध्यक्ष जनप्रतिनिधि कहलाउदै जुवाँ तास खेल्ने खेलाउने जस्ता सामाजिक बिक्रित क्रियाकलाप गरेको ।
५- राजनितिक प्रतिसोध साँध्दै सर्वसाधारणलाई दुख दिने विभेदपूर्ण कार्य गरेको ।
६- विध्यालय, बन ,जस्ता सार्वजनिक संस्थाहरूमा अस्वाभाविक हस्तक्षेप गरि आफूअनुकूल कार्य गरेको ।
७- जनताको बिचमा जनप्रतिनिधि भन्दा गुन्डा नाईके,जुवाडे, भ्रस्टचारीको रुपमा परिचित भएको ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

२०८२ जेष्ठ १५ गते, बुधबार