आज हरिशयनी एकादशी

२०७७ असार १७ गते, बुधबार


काठमाडौँ , १७ असार । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । हिन्दू धार्मिक मान्यताअनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । आजको दिन तुलसी रोप्ने प्रचलन रहँदै आएको छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । घर आँगन तथा मठमा रोपिने तुलसीको विरुवालाई आगामी चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गे गर्ने शास्त्रीय परम्परा छ ।
हरिबोधनी एकादशीमा भगवान् विष्णु जाग्ने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ ।
तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ । आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत देशभर रहेका विष्णु मन्दिरमा पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनहरु पुगेका छन् । यो पटक लकडाउन भएकाले विगतमा जस्तो मन्दिरमा भिडभाड भने कम रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

२०८२ जेष्ठ १५ गते, बुधबार