सलह किरा प्रतिकिलो ५० रुपैंया !

२०७७ असार १८ गते, बिहीबार

काठमाडाैँ, १८ असार । टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको बताए । टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।
यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ । टोखामा ११ वडा रहेका छन् ।
यसैगरी , सलह कीरालाई नियन्त्रण लिएर वडा कार्यालयमा बुझाएमा ललितपुर महानगरपालिकाले प्राेत्साहन रकम दिने भएको छ । महानगरपालिकाले सलह कीरा काठमाडौं उपत्यकामा प्रवेश गरिसकेकाे जनाउँदै नियन्त्रण लिएर वडा कार्यालयमा बुझाएलाई प्राेत्साहन रकम दिने जनाएकाे छ । ‘सलह कीरा संकलन गरी आफ्नो वडामा बुझाउने व्यक्तिलाई संघिय सरकारको नियमअनुसर दरले प्राेत्साहन स्वरूप रकम उपलब्ध गराइने छ,’ महानगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ । ‘धानबालीको बिउ, तरकारीको बाली तथा अन्य बालीको बचावटको लागि झुल वा जालीले छोप्ने र आफ्नो आसपासका क्षेत्रहरुमा ठूलो ध्वनि निकालेर बजाउने,’ विज्ञप्तिमा भनिएको छ,’ संकलन गरेर नष्ट गर्ने, दुईतिर बसेर लामो डोरी समाएर हल्लाउने, धुवाँको प्रयोग गरी बचाउने।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

२०८२ जेष्ठ १५ गते, बुधबार