वडाअध्यक्षले महिलामाथि चुम्बनकाे प्रयास गरेपछि..

२०७७ असार १९ गते, शुक्रबार

काठमाडौं , १९ असार । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष राम नाथले एक महिलामाथि अँगालाे हाल्दै चु’म्बन खाने प्रयास गरेका छन । उनले गए राति ८: २० बजे ब्रह्मदेवमा पसल गर्दै आएकी महिलालाई चुम्बन खाने प्रयास गर्दै दु’र्व्यवहार गरेका हुन् । बिहीबार दिउँसोदेखि पीडित महिलाकै पसलमा मदिरा सेवन गरिरहेका वडाध्यक्षले अबेर उनीमाथि चुम्बनकाे प्रयास गरेको आ’रोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीले वडाध्यक्ष नाथलाई प’क्राउ गरेको जानकारी दिए ।
महिलामाथि वडाध्यक्षजस्तो जिम्मेवार मानवले नै यस्ताे घटिया व्यवहार गरेको भन्दै आ’क्राेशित स्थानीयले इप्रकामाथि राति नै ढुंगा-मुढा समेत प्र’हार गरे । मदिरा सेवनपछि वडाध्यक्षले अँगालो हाल्दै ‘चुम्बन’ मागेको आ’रोप छ । वडा अध्यक्ष नाथले चुम्बनकाे प्रयास गरेपछि महिलाले उनीमाथि उ’जुरी गरेकी थिइन् । अहिले पनि वडाअध्यक्ष नाथकाे गलत नियत बिरुद्ध स्थानीय विराेधमा उत्रिएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नारायणघाट-बुटवल सडक अवरुद्ध

२०८२ जेष्ठ १७ गते, शुक्रबार

१३ दिनअगावै मनसुन भित्रँदै

२०८२ जेष्ठ १६ गते, बिहीबार

एकै परिवारका तीन जनाको हत्या

२०८२ जेष्ठ १५ गते, बुधबार