ठोरीको सीमास्तम्भ भत्काइएको विरोधमा प्रदर्शन

२०७७ श्रावण ४ गते, आईतवार

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको धरान पिण्डेश्वर विद्यापीठमा अध्ययनरत विद्यार्थीले सीमा अतिक्रमण भएको भन्दै आज प्रदर्शन गरेका छन् । सीता गुफा नजिकका सीमा स्तम्भहरू भारतीय एसएसबीले भत्काएपछि स्थानीय जनताद्वारा प्रतिकार गरिएको भिडियो भाइरल भएसँगै धरानका विद्यार्थीहरूले सीमा अतिक्रमण र सांस्कृतिक अतिक्रमण बन्द गर ! सीता गुफा, वाल्मीकि आश्रमलगायत क्षेत्रलाई सुरक्षित गर ! ठोरीलगायत पुरातात्विक क्षेत्रमा नेपाली सेना परिचालन गर ! इन्डियन ज्यादती बन्द गर । ठोरीमा अवस्थित प्राचीन अयोध्या रामजन्मभूमिको अनुसन्धान गर ! सीमा क्षेत्रमा काँडेतारको व्यवस्था गर ! लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]