नारायणगढ–मुग्लिन सडक अवरुद्ध !

काठमाडाैं । इच्छाकामना–६ चारकिलो भन्ने स्थानमा दुई वटा विद्युतका पोलसहित ठूलो पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पहिरो खसिरहेको र ठूलो भएकाले पन्छाउन समय लाग्ने जनाएको छ । त्यसैले एकतर्फी सवारी लामबद्ध गरिदिन प्रहरीले अनुरोध गरेको छ । चारकिलोमा यसअघि पनि पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको थियो ।पहाडी क्षेत्रमा लगातारको मध्यम झरी र तराईका क्षेत्रका केही स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“मध्य तराई र पश्चिम तराईमा भारी वर्षा भइरहेको छ, काठमाडौँलगायत पहाडी भेगमा मध्यम वर्षा भइरहेको छ,” मौसमविद् बरुण पौडेलले देशभर नै थप सतर्कता अपनाउनु आवश्यक भएको बताउनुुभयो । उहाँका अनुसार प्रदेश ५ को तराई क्षेत्र, बाग्मती प्रदेशको तराई क्षेत्र र प्रदेश २ को तराई क्षेत्रमा भारी वर्षा भइरहेको छ ।