५० करोड पर्ने व्यक्तिको जग्गा किर्ते गरी नामसारी !

२०७७ श्रावण ५ गते, सोमबार


काठमाडौँ । वीरगन्ज महानगरपालिका–४ मा करिव ५० करोड पर्ने व्यक्तिको जग्गा किर्ते गरी नामसारी गरेको खुलेको छ । मालपोल कार्यालय वीरगन्जका केही कर्मचारीहरुको संलग्नतामा जग्गा धनीको नक्कली छोरा बनेर काठमाडौका मुकेश राजभण्डारी, राकेश राजभण्डारी, रूपेश राजभण्डारीले जग्गा नामसारी गरेको पाइएको हो । वास्तविक जग्गाधनी गोपाल राजभण्डारी र पत्नी कमला राजभण्डारीको मृत्यु भइसकेपछि किर्ते गरी उनीहरुले जाग्गा नामसारी गरेका हुन् ।
जग्गा नामसारी गर्दा पेश गरिएको कागजबारे आवश्यक जाँच नगरिएको जिल्ला मालपोत कार्यालय पर्साका प्रमुख तारानाथ दंगालले बताए ।
त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख सुमन झाले कामको चापको कारण आफूबाट गल्ती हुन गएको स्वीकार गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]