आगलागीमा परेर ११ वटा कस्मेटिक र तरकारी पसल नष्ट

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका ३ स्थित पालिका बजारमा आगलागीमा परेर ११ वटा कस्मेटिक र तरकारी पसल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले बताएका छन । विद्युत् सट भएर आगलागी हुँदा कल्पना तामाङ, रमा चौहान, अनिता आचार्जु, वसिम श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, प्रविना लिम्बु, इन्दिरा श्रेष्ठ, मिरा निरौला, सुरेन्द्र चौधरी, लालबहादुर राई र यामकुमार विकका पसल जलेर नष्ट भएको छ । धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।