आज साउन १५ अर्थात खिर खाने दिन

२०७७ श्रावण १५ गते, बिहीबार


काठमाडौं । आज साउन १५ अर्थात खिर खाने दिन । नेपाली समाजमा परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता छ । साउन १५ मा खिर खानु सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि रहेको बताइन्छ । आयुर्वेद चिकित्सकका अनुसार बर्षातको समय तथा गर्मी महिना भएकाले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने हुनाले खिरले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । चामल, दूध, नरिबल, छोकडा लगायत सामाग्री र चिनी हालेर खिर बनाउने प्रचलन रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]