उपत्यकामा केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने !

२०७७ श्रावण २३ गते, शुक्रबार

काठमाडौं । बुधबार उपतयकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको छ । कोरोना भाएरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकाले बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको अतोपतो छैन् ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थय अधिकृत उतम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् ।
इडिसिडिले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थय अधिकृत कोइरालाले भन्नुभयो, ‘संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ, केहीको गलत नम्बर छ । ‘ संक्रमितहरु सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा सम्पर्कमा आएकाहरु थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।

  • राजधानी दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]