लामो दुरीको यातायात , हवाइ सेवा, परीक्षा सञ्चालन भदौ १५ सम्मका लागि स्थगित

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले भदौ १ गतेदेखि खोल्न लागिएको आन्तरिक र बाह्य हवाइ उडान तथा अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालन गर्न दिनु घातक हुने निष्कर्ष निकालेको छ । केन्द्रको आइतबार बसेको बैठकले छोटो, मध्यम, लामो दूरी चल्ने सार्वजनिक तथा निजी सवारी, आन्तरिक तथा बाह्य व्यवसायिक हवाइ उडान, खेलकुद प्रशिक्षण, विद्यार्थी भर्ना, परीक्षा सञ्चालन आदि कार्य भदौ १५ गतेसम्म स्थगित गर्न सिफारिस गरेको बताइएको छ । सो सिफारिस आज बस्ने मन्त्रिपरिषद् बैठकमा पेस हुने कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जनाएको छ । त्यस्तै, सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ ।
यही साउन ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गतेदेखि हवाइ उडान र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।