छोरी जन्माउनेलाई पुरस्कार !

काठमाडौं । बर्दियास्थित राजापुर नगरपालिका वडा न ८ ले छोरी जन्माउने आमालाई सुत्केरी खर्च स्वरूप ५ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको छ । उक्त वडाले बढ्दै गएको लैंगिक विभेदको अन्त्य र छोरी जन्माउने आमालाई समान व्यवहार गर्नु पर्ने उदेश्यका साथ छोरी जन्माउने आमाहरुलाई सुत्केरी पोषण खर्च स्वरूप रकम प्रदान गर्न सुरु गरेको बताएको छ । छोरालाई मात्र सम्मान गर्ने तर छोरीलाई अपहेलना गर्ने प्रवृत्ति लाई नयाँ मोड दिन आर्थिक वर्ष २०७७/७८ का लागि नयाँ कार्यक्रम ल्याइएको अध्यक्ष चिन्तामणी आचार्य बताउछन ।