वडा सदस्यको घर पहिरोले पुर्यो : ६ जनाको मृृत्यु

२०७७ श्रावण ३० गते, शुक्रबार

काठमाडौं । गएराति आएको पहिरोले कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३का वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर रजबहादुरका छोरा १३ वर्षीय पुष्प विष्ट, ११ वर्षीय प्रविण विष्ट, छोरी १८ वर्षीय सविना विष्ट र १५ वर्षीय आशा विष्टको मृत्यु भएको छ। सोही घरमा सुतिरहेका रजबहादुरका दाजु डिलबहादुरका १९ वर्षीया छोरी शान्ति विष्ट र १० वर्षीया छोरी रेशा विष्टको पनि मृत्यु भएको बताइएको छ। अहिले सुरक्षाकर्मी र स्थानीय वासिन्दाले उद्धारको प्रयास गरिरहेका छन् ।
यसैबीच , जिल्ला प्रहरी कार्यालय कालिकोटले पहिरोमा परि ६ जनाको मृत्यु भएको जनाएको छ । गएराति जिल्लाका बिभिन्न स्थानमा पहिरो गएको प्रारम्भिक जानकारी आएको छ र जिल्ला भरको विवरण लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]