लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्का पक्राउ

काठमाडौं । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको अभियोगमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन् । रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकका अनुसार उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै उजुरी परेपछि अध्यक्ष खड्का पक्राउ परेका हुन् । खड्का तत्कालीन एमालेबाट निर्वाचित लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष हुन् ।