मध्यपुर थिमि नगरपालिकामा लकडाउन

२०७७ श्रावण ३२ गते, आईतवार

काठमाडौं । भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिका क्षेत्रभित्र आजबाट भदौ ९ गतेसम्म लागू हुनेगरी लकडाउन गरिएको छ । यो अबधिभर सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्‍चालन गर्न दिइनेछैन । कोरोनाको जोखिम न्यूनिकरणका लागि भन्दै नगरपालिकाले हिजो राती विज्ञप्ति जारी गर्दै नगर क्षेत्र भित्रका सम्पूर्ण व्यवसाय र सार्वजनिक यातायात सञ्‍चालन साउन ३२ देखि भदौ ९ गतेसम्म निषेध गर्ने जानकारी गराएको हो ।
नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण व्यवसायहरु बन्द गर्ने तर खाद्यान्न, पानी, ग्यास र औषधि पसल भने बिहान ११ देखि दिउँसो १ बजेसम्म खोल्न पाइने विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै नगर भित्र सार्वजनिक यातायात संचालनमा रोक लगाउँदै अरनिको लोकमार्गको हनुमन्ते पुलदेखि मनोहरा पुलसम्मको हकमा सार्वजनिक सावर्जनिक यातायात रोक, यात्रु चढाउन, ओराल्न नपाइने गरी आवागमन दिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]