आज काठमाडौं उपत्यकामा २०५ सहित देशभर १ हजार १६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०५ जना सहित देशभर १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र १ सय ३८ संक्रमित थपिएका छन् भने ललितपुर ५० संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा १७ जना संक्रमित देखिएका छन् । यो संगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २ हजार ३ सय ४१ पुगेको छ भने नेपालमा कुल कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० जना रहेको छ ।