तीज सुरु : आज दर खाने दिन

२०७७ भाद्र ४ गते, बिहीबार


काठमाडौं । हिन्दू नेपाली महिलाले मनाउने चाड तीज सुरु भएको छ । जसअन्तर्गत आज विभिन्न मीठा मीठा परिकारका साथ दर खाइदैछ । हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई व्रतको अघिल्लो दिन दर खुवाउने परम्परा छ । यस दिन माइतीघरमा खीर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् । दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्वयुक्त खानेकुरा खाने चलन रहेको छ ।
परापूर्वक कालमा हिमालय पुत्री देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ । तर कोरोना संक्रमणका कारण र विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा र लकडाउनले यसपाली तीजको खाश रौनक देखिदैन । यसपालाको तीज घरमै बसेर मनाउन सरकारले सबैलाई अपिल गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]