निषेधाज्ञा उल्लङ्घन गर्नेमाथि कारबाही !

२०७७ भाद्र ४ गते, बिहीबार


काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने एक हजारभन्दा बढी सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले आठ सय ५० मोटरसाइकल नियन्त्रणमा लिएको छ । त्यसैगरी दुई सय २१ वटा चारपाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले जानकारी दिए ।
काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा एक हजार १७० जनालाई कारबाही गरिएको बताइएको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]