नौं किलो चरेशसहित एक महिला पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई ९ किलोग्राम ३५० ग्राम चरेशसहित पक्राउ गरिएको बताएको छ । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ बलम्बुबाट गएराति उनलाई पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बलम्बुमा डेरा गरेर बस्ने थिङले कोठाभित्र जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा ठूलो मात्रामा चरेश बरामद भएको बताए । थिङमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान थालिएको वृत्तले जनाएको छ । पक्राउ परेका थिङका श्रीमान फुलबहादुर तामाङ फरार रहेका छन् ।