१,१४२ प्रहरीमा कोरोना संक्रमण

२०७७ भाद्र ८ गते, सोमबार


काठमाडौं । प्रहरी प्रधान कार्यालयका अनुसार आज विहानसम्म देशभर १ हजार १ सय ४२ प्रहरीमा संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी प्रहरी प्रहरी प्रधान कार्यालय नक्सालमा संक्रमित भएका छन् । नक्सालमा कार्यरत दुई सय एक प्रहरीमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै उपत्यकामा कार्यरत ७९ जना प्रहरीमा संक्रमण भेटिएको छ । प्रहरीको तथ्यांक अनुसार प्रदेश एकमा एक सय ५६, दुईमा १ सय २६, बागमती प्रदेशमा ५० जनामा संक्रमण देखिएको छ।
त्यस्तै गण्डकीमा २८, प्रदेश नम्बर पाँचमा ७९, कर्णलीमा १६ र सुदुरपश्चिम प्रदेशमा १२ जना संक्रमित छन् । संक्रमण पुष्टि भएकामध्ये ७ सय ४४ प्रहरी देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार गराइरहेका छन् । ३ सय ९८ प्रहरी भने निको भएर काम फर्किसकेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]