काठमाडौं उपत्यकाको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्बियो

२०७७ भाद्र १० गते, बुधबार

काठमाडौं । काठमाडौं उपत्यकामा गत भदौ ३ गते बुधबार राति १२ बजेबाट जारी गरिएको निषेधाज्ञा भदौ १७ गतेसम्म थप गरिएको छ । उपत्यकाका तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले एकसाता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा अब भदौ १७ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा ठप्प रहनेछन् । यद्यपि बिहान सवा ९ बजेसम्म दैनिक उपभोग्य वस्तुहरु खाद्यन्न, तरकारी, दुध र खानेपानी लगायत वस्तुहरु किनबेचका लागि छुट दिइनेछ ।

प्रतिक्रियाहरु

[anycomment]