काठमाडौं उपत्यकामा ५७२ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकामा एकैदिन देखिएकाे संक्रमितकाे याे संख्या अहिलेसम्मकै सबैभन्दा बढी हाे । पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९५ जना, ललितपुरमा ४३ जना र भक्तपुरमा ३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।