एमसीसी खारेजीको माग गर्दै प्रदर्शन

२०७७ आश्विन ५ गते, सोमबार


काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी) निकट जनगणतान्त्रिक जिल्ला सम्पर्क समन्वय समितिको आयोजनामा आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । अमेरिकी साम्राज्यवाद, भारतीय साम्राज्यवाद र दलाल केपी वली नेतृत्वको सरकारका विरुद्ध चर्को नाराबाजीसहित गरिएको विरोध प्रदर्शनसँगै विरोधसभासमेत आयोजना गरिएको हो ।
विरोधसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका महासचिव परि थापा, पार्टी केन्द्रीय सदस्य तथा अनेमसङ्घ (क्रान्तिकारी) की महासचिव शारदा महत, पार्टी केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका महासचिव वसन्त बोगटी र जनगणतान्त्रिक जिल्ला सम्पर्क समन्वय समितिका संयोजक विष्णु खड्काले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेताहरूले एमसीसी पारित भए नेपालको राष्ट्रिय स्वाधीनता गुम्ने भन्दै कुनै पनि हालतमा यो सम्झौता खारेज गरिनुपर्नेमा जोड दिएको जनाइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु