ललितपुर महानगरपालिकाका मेयर चिरिबाबुलाई कोरोना

काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि हिजो पाटन अस्पतालमा स्वाब परिक्षण गराएका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । मेयर महर्जनलाई टाउको दुख्ने, जिउ दुख्ने लक्षण देखिएपछि स्वाब परीक्षण गराएका थिए ।
कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मेयर महर्जन बखुन्डोलस्थित आफ्नै घरमा आइसोलेसनमा बसेको बताइएको छ ।