पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ९३४ जना कोरोना संक्रमित थपिए

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका मध्ये काठमाडौमा ७४७, ललितपुरमा ११४ र भक्तपुरमा ७३ जना रहेका छन ।
त्यस्तै कोरोना संक्रमणबाट उपत्यकामा थप ३ जनाको मृत्यु भएको छ । संक्रमणबाट काठमाडौका एक महिला र दुइ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।