युवा संगठन र अखिल (क्रान्तिकारी) कालिकोटको प्रशिक्षण सम्पन्न

२०७७ आश्विन १५ गते, बिहीबार


नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपाल र अखिल (क्रान्तिकारी) कालिकोटको बैठक तथा प्रशिक्षण कार्यकम सम्पन्न भएको छ । युवा संगठन नेपाल, कालिकोटका अध्यक्ष अात्मा क्षेत्रीको सभापतित्व जिल्ला सेक्रेटरी रणदिपको प्रमुख अातिथ्यता एरिया नम्बर २ का ईनचार्ज किरण एरिया नम्बर ६ का ईन्चार्ज रमेशको उपस्थितिमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी रणदिपले वर्तमान सरकारका गलत क्रियाकलाप र पार्टी र संगठनको नीति योजना र कार्यक्रमहरु जनता माझ पुर्याउन संगठनको महत्वपुर्ण भुमिका हुने हुदा उत्साहका साथ क्रियासिल भएर फिल्डमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
वर्तमान सरकार र ब्यबस्था एक पछी अर्को संकटमा फस्दै गएको र उक्त संकट टार्न मन्त्रीमण्डल हेरफेर र संविधान संशोधन गर्न लागेकाले यो दुबै हल नभै स्वार्थ सिद्द गर्नका लागि मात्र भएको यस्को बैज्ञानिक हल भनेको ब्यबस्था परिबर्तन गरि एकीकृत जनक्रान्तिमार्फत ल्याउने बैज्ञानिक समाजवाद नै स्थायी हल भएकाले प्रतिबद्द भएर लाग्न निर्देशन दिदै २ महिने अभियानको योजना निर्माण सहित बैठक तथा प्रशिक्षण सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुनको अवस्था कमजोर

२०८२ श्रावण ३२ गते, शनिबार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

२०८२ श्रावण ३२ गते, शनिबार

नेपालमा मनसुन कमजोर हुँदै

२०८२ श्रावण ३१ गते, शुक्रबार