नक्कली प्रहरी सक्कलिको फन्दामा !

काठमाडौं । नक्कली प्रहरी निरीक्षक सक्कली परहरीको फन्दामा परेका छन। यसरी पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका ७ चौधरी टोलका २९ वर्षीय अजयकुमार राय रहेका छन् । प्रहरी निरीक्षकको बर्दी लगाएर प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका बेला उनी पक्राउ परेका हुन् । वीरगञ्ज महानगरपालिका-१६ स्थित देव पार्टी प्यालेसमा फर्जी परीक्षा चलाइरहेको बेला रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले विभिन्न प्रलोभनमा पारी २१ जनालाई परीक्षामा सहभागी गराएको प्रहरीले जनाएको छ । प्र्रहरीले प्रवेशपत्र, प्रश्न पत्रहरूसमेत बरामद गरेको छ । रायले पर्सा, सर्लाही र बाराका १३ जनासँग तीन लाख ३१ हजार रूपैयाँसमेत ठगी गरेका प्रहरीले जनाएको छ ।