जुम्लाको सदरमुकाम खलङ्गा सिल

२०७७ आश्विन १६ गते, शुक्रबार


काठमाडौं । २४ घण्टामा २७ स्वास्थ्यकर्मीसहित ४६ जनामा कोरोना सङ्क्रमण देखिएपछि जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका क्षेत्र सिल गरिएको छ । चन्दनाथ नगपालिका अर्थात् सदरमुकाम खलङ्गाको पूर्वमा दानसाँघु, दक्षिणमा तिला नदी, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र पश्चिममा गमगाड क्षेत्रभित्र सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने , “बिहीबार ३ बजेदेखि लागू हुने गरी १८ असोजसम्म सदरमुकाम खलङ्गा अर्थात् नगरपालिका क्षेत्र सिल गरिएको हो ।”
कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निमित्त अस्पताल निर्देशक चिकित्सक अनुपमङ्गल समालले जानकारी दिए । उनले भने , “अहिले आकस्मिकबाहेक अरु सेवा पनि अस्पतालबाट बन्द गरिएको छ ।”

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुनको अवस्था कमजोर

२०८२ श्रावण ३२ गते, शनिबार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

२०८२ श्रावण ३२ गते, शनिबार

नेपालमा मनसुन कमजोर हुँदै

२०८२ श्रावण ३१ गते, शुक्रबार