जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि बन्द

काठमाडौँ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिरहा एक साताका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आजदेखि शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले सूचना प्रकाशित गरी कार्यालयमा कार्यरत कर्मचारीमध्ये हालसम्म आठ जनामा कोभिड सङ्क्रमण देखिएको हुँदा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले शान्ति सुरक्षा र मुद्दासम्बन्धीबाहेक सम्पूर्ण सेवा आजदेखि एक साताका लागि बन्द गरिएको बताए ।