खाद्यले कात्तिक २ गतेदेखि खसीबोका र च्याङ्ग्राको बिक्री गर्ने

२०७७ आश्विन २६ गते, सोमबार


काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक २ गतेदेखि काठमाडौंमा खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गर्ने भएको छ ।
त्यसका लागि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले बताए । कम्पनीले मुस्ताङबाट एक हजार च्याङ्ग्रा तथा दाङ र मकवानपुरबाट एक हजार खसीबोका ल्याएर बिक्री गर्ने तयारी गरेको छ । तर च्याङ्ग्रा ल्याउनका लागि भने समस्या देखिएको खनालले बताए ।
गत वर्ष ५ सय ४० रुपैयाँ प्रतिकिलो तिरेर ल्याइएको च्याङ्ग्रा यस वर्ष मुस्ताङमै ६ सय रुपैयाँ पर्ने खनालले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु