स्याङजामा अनिश्चितकालिन लकडाउन

२०७७ आश्विन २९ गते, बिहीबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय स्याङजाले सूचना जारी गरेर गएरातिबाट लागू हुनेगरी अनिश्चितकालका लागि लकडाउन गरेको छ । केही दिनयता स्याङजाका विभिन्न स्थानीय तहमा कोरोना संक्रमण फैलिएपछि नियन्त्रणका लागि लकडाउन गरिएको हो ।
यस्तै कात्तिक १ गतेदेखि उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको रिपोर्ट साथमा लिएर मात्रै प्रवेश गर्न पाइने भएका छ । यस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र दैनिक गतिविधिमा संलग्न हुन पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यसैबीच स्याङजाको भीकोट नगरपालिकामा केही दिनअघि कोरोनाका कारण एक जनाको मृत्यु भएको थियो । यस्तै चापाकोट नगरपालिकामा १४ जना कोराना संक्रमित रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुनको अवस्था कमजोर

२०८२ श्रावण ३२ गते, शनिबार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

२०८२ श्रावण ३२ गते, शनिबार

नेपालमा मनसुन कमजोर हुँदै

२०८२ श्रावण ३१ गते, शुक्रबार