नेकपा बैतडीद्वारा घोडेटो बाटो निर्माण

२०७७ कार्तिक ४ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले बैतडीमा दुई किलोमिटर घोडेटो बाटो निर्माण गरेको छ । जिल्लाको डिलाशैनी गाउँपालिकाको चार नम्वर वडा, मठैराजको ढाँणमा पार्टीका जिल्ला इन्चार्ज किरणको नेतृत्वमा बाटो निर्माण गरिएको पार्टीका वैतडी जिल्ला सचिव राजेन्द्र विष्ट ‘परिवर्तन’ ले बताएका छन् ।
दोगडा केदार गाउँपालिका एक नम्वर वडा रिम गोरगंका सयौं विद्यार्थीहरु माध्यमिक तहको शिक्षा अध्ययनका लागि डिलाशैनी गाउँपालिकाको धामी गाउँ जाने गर्दछन् । गोरंगबाट धामी गाउँ पुग्न करीब चार घण्टा समय लाग्छ । चार घण्टा मध्ये एक घण्टा भन्दा बढी समय घास काट्ने भिरको ठाडो उकालोमा हिड्नु पर्ने बाध्यता थियो ।
आवत जावत गर्नेसम्मको पैदल बाटो समेत नहुँदा सानो उमेरका विद्यार्थीहरु साह्रै कठिनाई झेल्दै आईरहेका थिए । आफुहरुले गाउँपालिकामा पटक पटक समस्या राख्दा समेत कुनै सुनुवाई नभएको स्थानियबासीको गुनासो छ । गाउँपालिका धाउँदा धाउँदा आजित भएर थाकिसकेका स्थानियबासी नेपाल कम्युनिष्ट पार्टीले बाटो बनाएपछि भने खुसी छन् । स्थानिय गणेश वहादुर विष्टले भने – ‘हाम्रो बाेली सरकारले नसुनेको बेला उहाँहरुले बाटो निर्माण गरिदिनु भएको छ, यो हाम्रा लागि असाध्यै खुसीको कुरा हो ।’
बैतडीमा अझै आफ्नो पार्टी मातहत भएको जनसत्ताले विकास निर्माणका कामहरु संचालनमा ल्याउने योजना भएको सो पार्टीका जिल्ला सचिव परिवर्तनले भनेका छन् । उनले अगाडी थप्दै भने, ‘त्यसका लागि निर्माण व्यवसायीहरुका साधन समेत प्रयोग गरिनेछन् । अब उहाँहरुले पनि जनताको काममा सहयोग पुर्याउनु पर्छ । सधै भरी नाफा घाटाको हिसाब किताब गरेर मात्र हुदैन । आवश्यकता अनुसार जुन सुकै समयमा पनि जनसत्ता मार्फत् सम्पर्क गरिनेछ । ‘

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

मनसुनको अवस्था कमजोर

२०८२ श्रावण ३२ गते, शनिबार

श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

२०८२ श्रावण ३२ गते, शनिबार

नेपालमा मनसुन कमजोर हुँदै

२०८२ श्रावण ३१ गते, शुक्रबार