मानव अधिकार आयोग दशैंमा खुला रहने

२०७७ कार्तिक ६ गते, बिहीबार


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका सचिव वेदप्रसाद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैँ बिदामा पनि खुल्ने जनाएका छन । विज्ञप्तिमा दशैँ बिदामा पनि मानवाधिकार उल्लङ्घनका घटनाको उजूरी लिन दैनिक १२ देखि २ बजेसम्म कार्यालय खुला रहने उल्लेख छ । आयोगले सो अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकतानुसार अनुगमन गर्ने बताइएको छ । आयोगले दशैँ बिदामा सहसचिव डा टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]