आज विश्व शहर दिवस

काठमाडौं । आज विश्व शहर दिवस, नेपालमा पनि मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । यस वर्षको नारा ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ रहेको छ । यो वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।